काठमाडौं । राप्रपामा भित्रभित्रै भुसको आगोको रुपमा विवाद बढ्दै गएको छ । हिजो सामाजिक अभियन्ता समेत रहेकी ज्वाला सङ्रौलाले बिभागिय प्रमुखको जिम्मेवारी सहित साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकी थिईन भने आज राप्रपाको खेलकुद बिभाग प्रमुख रहेका दमन बस्नेतले पार्टी परित्याग गरेका छन् ।
बस्नेत राप्रपा नेपाल स्थापना २०६२र०६३ देखि राजनीतिमा सकृय थिए । उनी क्यकोशिन कराँतेका खेलाडि हुनुका साथै संघको पनि नेतृत्व गरिरहेका छन् । उनको विभिन्न सामाजिक संस्थामा संलग्नता रहेको छ । उनले राजिनामा दिदै पार्टी नेतृत्वको आलोचना गरेका छन् । राजिनामा पत्रमा उनले भनेका छन्, 'तपाईंले मलाई राप्रपाको खेलकुद बिभाग प्रमुखको जिम्मेवारी दिनुभएकोमा आभारी छु । म पद, स्वार्थ ,अबसर र कुनै महत्वाकांक्षा पुर्तिको निमित्त पार्टीमा आबद्ध भएको होइन । म अनुशासन , कर्म, इमानदारीता र निष्ठामा बिश्वास गर्दछु ।
पछिल्लो समय राप्रपामा आएको सैद्धान्तिक बैचारिक बिचलन, गुटगत राजनिती, साघुरो सोच, अनि सङ्किर्णता र जडसुत्रबादी चिन्तनबाट म अत्यन्तै निराश भए । पार्टीलाई एउटा गन्तब्यमा पुर्याउने चाहना र सपना माथी यी पक्षहरुले निकै ठुलो अबरोध पुग्ने मेरो निष्कर्ष हो । महाधिवेशन पछि जुन उत्साहका साथ सहि बाटोबाट सबै पक्षलाई समेटेर पार्टी अघि बढ्नुपर्नेमा पार्टी दिनप्रतिदिन उन्माद, अहड्ढार र आलोकाचोपनको सिकार हुँदै गयो । यो ओरालो र अन्धकारमय कहि नपुगिने यात्राको निरीह साक्षिको रुपमा बसिरहन मेरो आत्माले मानेन । आजकै मिति देखि लागुहुने गरि खेलकुद बिभाग प्रमुख सहित राप्रपाको साधारण सदस्य पदबाट राजिनामा गरेको छु' ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग