काठमाडौं । बागमती प्रदेशसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् ।
भोलिको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछन् । त्यस्तै सरकारको काम कारवाही र बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलेसमेत जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने