बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्‍ने तयारी

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, १३ : ४९
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्‍ने तयारी

बागमती। लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ ।

प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।

राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उनसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस