चुनावी विश्लेषण

अढाई दशकपछि चितवनमा दोहोरियो इतिहास

मंगलबार, २६ मंसिर २०७४, १२ : ००
अढाई दशकपछि चितवनमा दोहोरियो इतिहास

चितवन । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरण अन्तर्गत बाँकी ४५ जिल्लामा मंसिर २१ गते मतदान सम्पन्न भयो । प्रतिनिधि सभा सदस्यतर्फ एक सय ६५ र प्रदेश सभातर्फ एक सय दस क्षेत्रका लागि जनप्रतिनिधि चुन्न मतदान भएको थियो । मंसिर २१ गते साँझ पाँच बजेपछि सुरु भएको मतगणनाको सबै क्षेत्रबाट अन्तिम मत परिणाम आइसक्दा वाम गठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा दुईतिहाई बहुमत ल्याइसकेको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएका ठाउँमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । चितवनमा पनि प्रत्यक्षतर्फ प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना जारी छ । प्रत्यक्षतर्फ सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

तीस वर्ष लामो एकदलीय पञ्चायती शासन व्यवस्था फालेर देशमा २०४६ सालमा बहुदलीय प्रजातन्त्रको उदय भयो । २०४७ सालमा नयाँ संविधान आएपछि २०४८ सालमा प्रजातन्त्र प्राप्तिपछिको पहिलो आमचुनाव भयो । त्यतिबेला चितवनमा अहिलेको जस्तै तीन निर्वाचन क्षेत्र थिए । त्यतिबेला चितवनको क्षेत्र नम्बर एकबाट जेपी भेटवाल, क्षेत्र नम्बर दुईबाट भीमबहादुर श्रेष्ठ र क्षेत्र नम्बर तीनबाट अमिक शेरचन विजयी भएका थिए ।

उनीहरु सबै वामपन्थी उम्मेदवार थिए । चितवनमा पहिलोपटक चितवन जिल्ला लाल किल्लाको नारा त्यतिबेलै लागेको थियो । अढाई दशकपछि अहिले चितवनमा फेरि चितवन जिल्ला लाल किल्लाको नारा गुञ्जिएको छ । वाम गठबन्धनको ऐतिहासिक जितले इतिहास दोहोरिएको छ । पहिलोपटक भएको प्रदेश सभा सदस्य पदको निर्वाचनमा समेत चितवनका सबै क्षेत्रबाट वामपन्थी उम्मेदवारले जितेका छन् ।

२०४८ सालमा प्रजातन्त्र प्राप्तिपछिको पहिलो आमचुनाव भयो । त्यतिबेला चितवनमा अहिलेको जस्तै तीन निर्वाचन क्षेत्र थिए । त्यतिबेला चितवनको क्षेत्र नम्बर एकबाट जेपी भेटवाल, क्षेत्र नम्बर दुईबाट भीमबहादुर श्रेष्ठ र क्षेत्र नम्बर तीनबाट अमिक शेरचन विजयी भएका थिए । उनीहरु सबै वामपन्थी उम्मेदवार थिए । चितवनमा पहिलोपटक चितवन जिल्ला लाल किल्लाको नारा त्यतिबेलै लागेको थियो । अढाई दशकपछि अहिले चितवनमा फेरि चितवन जिल्ला लाल किल्लाको नारा गुञ्जिएको छ ।

कुनै पनि निर्वाचनमा जित र हार जनमतले निर्धारण गर्ने कुरा हो । हरेक उम्मेदवारको जित र हारसँगै पार्टीहरुको हैसियत निर्धारण हुन्छ । चुनावअघि देशको पहिलो पार्टी रहेको नेपाली काँग्रेस अहिले तेस्रो पार्टीको हैसियतमा पुगेको छ । आफ्नै नेतृत्वमा चुनाव गराउँदा काँग्रेस तेस्रो स्थानमा पुगेको यो पहिलो पटक भने होइन । यसअघि पहिलो संविधान सभा निर्वाचन २०६४ मा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको निर्वाचनको परिणामले पनि काँग्रेसलाई तेस्रो स्थानमा पु¥याएको थियो । यस अर्थमा पनि इतिहास दोहोरिएको छ ।

त्यतिबेला निर्वाचनबाट पहिलो पार्टी बन्न पुगेको माओवादी त्यसपछिको दोस्रो संविधान सभा निर्वाचन २०७० मा तेस्रो पार्टी बन्न पुगेको थियो । निर्वाचनमा हुने हार र जितलाई जनताको आदेश मानेर दलहरु जनताको पक्षमा काम गर्ने बाटोमा अघि बढ्नुको विकल्प छैन । वाम गठबन्धनले विकास र समृद्धिको नारा दिएर प्राप्त गरेको जनादेशकाे रक्षा गर्दै जनताको पक्षमा काम गर्नुपर्ने दायित्व इतिहासले सुम्पेको छ ।

प्रतिक्रिया दिनुहोस