उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षकाे कार्यकक्ष

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १४ : २४
उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षकाे कार्यकक्ष

महोत्तरी । बर्दिवास नगरपालिकाको खानेपानी उपभोक्ता समितिले लामो समयसम्म साधारणसभा नगरेको भन्दै उपभोक्ताहरूले ध्यानाकर्षण गराएका छन् । मंगलबार कार्यालयमै पुगेर स्थानीय उपभोक्ताले अविलम्ब साधारणसभा गरेर खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

उपभोक्ता समितिले विधानअनुसार काम नगरेको, आयव्यय सार्वजनिक नगरेको र कार्यअवधि सकिँदा पनि मार्गप्रशस्त नगरेको जस्ता आरोप लागेका छन् । विधानानुसार तीन वर्षमा कार्यकाल सकिनुपर्ने भए पनि सात वर्ष बितिसक्दा नयाँ नेतृत्व चयन हुन सकेको छैन । 

‘म्याद नाघेको समितिले कुनै पनि निर्णय र चेकमा हस्ताक्षर गर्न नपाइने विधानमा ब्यवस्था छ ।तर उपभोक्ताहरूले खानेपानीभित्रको पारदर्शिता यथाशीघ्र सार्वजनिक गर्नुपर्ने अडान लिएका छन् । खानेपानी कार्यालयस्थित अध्यक्ष खड्काको कार्यकक्षम पुगेका उपभोक्ताहरूले साउनभित्र साधारणसभा सकेर भदौमा निर्वाचन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस