विपद्का बेला सबैभन्दा जोखिममा बालबालिका

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १३ : ४७
विपद्का बेला सबैभन्दा जोखिममा बालबालिका

काठमाडौं । नेपालका सबै खालका विपद् जन्य घटनामा बालबालिका धेरै संख्यामा प्रभावित हुने गरेको भए पनि त्यसबाट जोगाउन पर्‍याप्त पूर्व तयारी नभएको सरोकारवालाले बताएका छन्। भूकम्प, बाढी पहिरो, आगलागिजस्ता घटनाहरुमा प्रभावित हुनेमध्ये बालबालिकाको संख्या पनि उल्लेख्य भएको विपद्का क्षेत्रमा काम गर्नेहरुको भनाइ छ।

पूर्व तयारी नहुदा बालबालिकालाई जोखिमबाट बचाउन नसकिएको उनीहरुले बताए। विपद् व्यवस्थापन विज्ञ रामचन्द्र न्यौपानेले हाल भएका नीतिगत संरचनाहरु नै योजना तर्जुमा गर्नका लागि पर्याप्त नभएको बताएका  छन्। उनले भएकै नीतिगत व्यवस्थालाई कार्यान्वयनका लागि सरोकारवालाबिचमा समन्वय नभइरहेको तर्क गरे । ‘विभिन्न निकायबिच समन्वय नभएको पनि पाइन्छ। विभिन्न तहका संरचना छन् अहिले तर परेको बेलामा कोही पनि नहुने अवस्था छ।

विपद्का क्षेत्रमा काम गर्नेहरुले बालबालिका विपद्को बेलामा सबैभन्दा बढी जोखिममा पर्ने भए पनि नीति निर्माणको हिसाबले प्राथमिकतामा नपरेको बताएका छन्। त्यसमाथि शारीरिक तथा मानसिक हिसाबले दुर्वल रहेका बालबालिकालाई विपदका झनै बढी जोखिम भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने विपद व्यवस्थापन विज्ञहरुको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस