फेवातालको मापदण्ड कार्यान्वन नगर्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १३ : २२
फेवातालको मापदण्ड कार्यान्वन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि सी मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । 

सर्वोच्च अदालतकै आदेशविपरित महानगरपालिकाले मापदण्ड घटाएपछि त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै अदालतले पुरानै मापदण्ड कायम रहने गरी सोमबार अन्तरिम आदेश दिएको हो । २०७८ चैत १६ गते बसेको ५५ औं कार्यपालिकाको बैठकले तोकेको फेवाताल लगायत अन्य ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस