प्रधानसेनापति अमेरिका भ्रमणमा

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १३ : १३
प्रधानसेनापति अमेरिका भ्रमणमा

काठमाडौं । औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका सेनापति प्रभुराम शर्मा अमेरिका पुगेका छन्। सोमबार अमेरिका पुगेका शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेका थिए।

यसैक्रममा शर्माले अमेरिकामा विभिन्न क्षेत्रको भ्रमण गरेका छन्। विदेश भ्रमणमा रहेका शर्मा सोमबार अमेरिकामा रहेको भर्जिनियामा रहेको नेशनल म्यूजियम अफ द मरिन कर्प्स र मरिन कर्प्स बेसको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ।

सोही क्रममा, प्रधान सेनापति शर्माले मरिन कर्प्स वार फाइटिङ ल्याबरोटरीका कमाण्डिङ जनरल, ब्रसगेडियर जनरल कायल बी. एलिसन सँग छलफल तथा अन्तरसंवाद समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस