२५ परिवार विस्थापित

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १३ : ०५
२५ परिवार विस्थापित

काठमाडौं । सिंघिया खोलामा बाढी आउँदा २५ परिवार विस्थापित भएका छन्। मंगलबार बिहान खोला किनारका वस्तीमा बाढी पस्दा  विराटनगर -८ का  २५ परिवार विस्थापित भएका हुन् विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। विराटनगरमा  खोला किनारका अन्य वस्ती पनि बाढीको जोखिममा रहेका छन्।

लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। स्थानीय टेंग्रा खोलाको बाढी वस्तीतर्फ पसेको छ। खेती खोला, बूढी खोला र सुकुमारी खोलामा पानीको बहाव बढेको छ।

यसैगरी राति २ बजेदेखिको लगातार वर्षाका कारण  इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। स्थानीय टेंग्रा खोला र बूढी खोलामा बाढी आउँदा इटहरी जलमग्न भएको  इटहरीका सञ्चारकर्मी कृष्ण बहावले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस