छुट्याइयो डेढ करोड बजेट निःशुल्क प्याडलाई

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १२ : ५५
छुट्याइयो डेढ करोड बजेट  निःशुल्क प्याडलाई

काठमाडौं । पोखरा महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ।

कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ।यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ। उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको  छ।

नगरभित्र रहेका सबै सामुदायिक विद्यायलका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ।यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ। सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ।

 

प्रतिक्रिया दिनुहोस