काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सोमबार सुनुवाइ हुने भएको छ। असार ५ गते सुनुवाइ नसकिएपछि मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
यसअघि असार जेठ ३० गते पनि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले असार ५ का लागि हेर्दाहेर्दैमा राखेको थियो ।
अतिरिक्त प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आफूभन्दा जुनियर सिंहलाई प्रहरी महानिरीक्षकमा सरकारले नियुक्त गरेको भन्दै सो विरुद्ध रिट दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल
निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद
निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
कानुनअनुसार नै हतियार खरिद गरिने प्रहरी महानिरीक्षकहरूको स्पष्टीकरण