प्रहरी महानिरीक्षक सिंह विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ०७ : ४६
प्रहरी महानिरीक्षक सिंह विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सोमबार सुनुवाइ हुने भएको छ।  असार ५ गते सुनुवाइ नसकिएपछि मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । 

यसअघि असार जेठ ३० गते पनि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले असार ५ का लागि हेर्दाहेर्दैमा राखेको थियो । 

अतिरिक्त प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आफूभन्दा जुनियर सिंहलाई प्रहरी महानिरीक्षकमा सरकारले नियुक्त गरेको भन्दै सो विरुद्ध रिट दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस