चितवन । चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं-मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
पृथ्वी राजमार्गको अवरोध हट्यो
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो
पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध