लागु औषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील छ: गृहमन्त्री खाण

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, ११ : २९
लागु औषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील छ: गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यवसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन् । आइतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले  लागु पदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । 

मन्त्री खाणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए । गृहमन्त्री खाँणले लागु औषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील रहेको बताए। 

उनले  युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।

गृहमन्त्री खाणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस