काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।
शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा उनीहरूले हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ।
सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता गरेका छन्। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस