बारामा १३ किलो गाँजासहित एक युवा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०७ : ४५
बारामा १३ किलो गाँजासहित एक युवा पक्राउ

काठमाडौं । बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका ३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

प्रहरीले गाँजा ओसारपोसारमा प्रयोग भएको  प्र ३–०२–०१० प ३४९३  नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस