हात्ती धपाउन गएका एक किशोरलाई विषालु सर्पले डस्दा मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १० : ४७
हात्ती धपाउन गएका एक किशोरलाई विषालु सर्पले डस्दा मृत्यु

झापा । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।  हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस