दल र नेता सत्ता, गठबन्धनको अंकगणितमा लिप्त, जनता महंगीको मारमा : डा. भट्टराई

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १० : २८
दल र नेता सत्ता, गठबन्धनको अंकगणितमा लिप्त, जनता महंगीको मारमा : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बताएका छन् । अचाक्ली महँगीले जनता मर्कामा पर्ने उनले उल्लेख गरेका छन् ।

सामाजिक संजालमा  बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको भनाइ छ ।

सत्तासाझेदार दलका प्रभावशाली नेता डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस