नेपाली मौलिकता जोगाउन संगीतको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

रासस

मंगलबार, ०७ असार २०७९, १८ : ५३
नेपाली मौलिकता जोगाउन संगीतको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीतरसंगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताएका छन ।

मंगलबार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताए । उनले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास गर्नुपर्ने बताए।

उपराष्ट्रपति पुनले युवा पुस्ताहरु पश्चिमी गीत, संगीतप्रति आकर्षित हुँदै गएको भन्दै संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस