वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, २० : ४०
वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि भएको छ । निगम सञ्चालनका लागि योजना नभएको, कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, पोखरा विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप अधिकारीमाथि छ ।

प्रतिक्रिया दिनुहोस