काठमाडौंमा थप तीन जनामा हैजाका लक्षण

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १७ : ३२
काठमाडौंमा थप तीन जनामा हैजाका लक्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको छ ।अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो ।

एन्टिजेन रिपोर्ट पोजिटिभ आए पनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ ।बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया महिला रहेको अस्पतालको भनाइ छ ।

यसअघि टेकु अस्पतालमा गत बिहीबार भर्ना भएका एकै परिवारका दुई महिलामा आइतबार हैजा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस