काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको सडक व्यवस्थित गर्नका लागि एक अर्कामा सहकार्य समन्वयमा काम गर्नुपर्ने बताएका छन्। सोमबार पूर्वाधार विकास समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन्।
हाल एउटाले बनाउने अर्काले भत्काउने गर्दा समस्या देखिएको थियो। सो समस्या समाधान गर्नका लागि खानेपानी,सडक विभाग, मेलम्ची,खानेपानी साथै काठमाडौं महानगरपालिकाको काम छुट्याएर आफ्नो काम आफैँले गर्नुपर्ने उनको भनाइ थियो। जनताका गुनासो आएमा मेरो कार्यक्षेत्र होइन नभनी समन्वय गरी काम गर्छाैं भन्ने जानकारी जनतालाई दिन आग्रह गरेका थिए।
काठमाडौ महानगरपालिकाको बजेट १० असारमा सार्वजनिक हुँदै छ। अरू निकायले गरेको काम महानगरको बजेटमा समेटिन सक्छ जसलाई समाधान गर्नका लागि काम विभाजन गर्न जरुरी भएको उनको भनाइ थियो। पानीको चुहावटले समस्या भएको सडक सडक मर्मत गरिरहेको सडक विभागका विजय जैसीले बताए। त्यस्तैगरी, र्यापिड टिम बनाएर काम गर्दै आएको केयुकेएलले बताएका थियो प्रमुख मिलन कुमार शाक्यको भनाइ थियो।
सडकमा आगलागी भएर मर्मत गर्दा जलेको तार उठाउनु पर्ने नगर प्रहरी प्रमुख धनपति सापकोटाको भनाइ थियो। यदि उठाउन नसक्ने भए नगर प्रहरीलाई जानकारी गराउन आग्रह गरेका थिए। काठमाडौ महानगरपालिका सहरी विभाग प्रमुख राम बहादुर थापा सडकको काम गर्दा सहकार्य समन्वयमा काम गर्न आग्रह गरे।
त्यस्तैगरी, काठमाडौ महानगरपालिकाका प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सडक विभागसँग सहकार्यमा काम गर्नुपर्ने बताए। सडक बत्तीको पैसा हिसाब मिलान गर्न जरुरी छ। प्राधिकरणसँग घर जग्गा कर राजस्व विभागसँग समन्वय गरी स्मार्ट मिटर जडान गरी व्यवस्थित गर्ने गरी सडक बत्ति राख्ने पौडेलले प्रस्ताव गरेका थिए।
खानेपानी लिमिटेडसँग प्लान बनाई सुधार गर्ने पर्ने बागमती सभ्यतासँग सहकार्य छ। ढल व्यवस्थापन गर्न समन्वय गर्न जरुरी छ। फोहोर गर्नेलाई दण्ड सजायको व्यवस्था गर्ने र सहकार्यमा काम गर्ने बताए। कार्ययोजना बनाई पूर्वाधार विकासमा सहज हुने उनले बताए।
त्यस्तैगरी काठमाडौ महानगरकी उपप्रमुख सुनिता डंगोलले विकासका लागि समन्वय सहकार्य गर्नू पर्ने अत्यावश्यक रहेको बताएकी छिन्। पुर्वाधार विकास समन्वयको पहिलो बैठकमा समस्याको जानकारी भएको र अर्काे बैठकमा कामको रिजल्ट आउने बताईन्। आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा व्यवस्थापन गरी काम गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १७ : १८
लेखकबाट थप