राप्तीमा काशिरुपा विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, ०९ : ४३
राप्तीमा काशिरुपा विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण

चितवन । पूर्वी चितवनको राप्ती ४ मा रहेको काशिरुपा आधारभुत विद्यालयमा अध्ययनत विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ । राप्ती वडा नम्बर ४ को आर्थिक सहयोगमा आईतबार सो शैक्षिक सामाग्री बितरण गरिएको हो । 

बिद्यालयमा अध्ययनरत १३८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ पठनपाठनमा सहयोग होस् भन्ने उद्धेश्यले शैक्षिक सामाग्री बितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि  राप्ती ४ का वडा अध्यक्ष केदार प्रसाद आचार्यले बताए ।

गरिब, दलित तथा जनजातिको बाहुल्यता रहेको यस विद्यालयमा कापी कलमकै कारणले स्कुले बालबालिकाहरुको शिक्षा नरोकियोस् भनी सहयोग गरिएको बताए । सो विद्यालयमा यसै शैक्षिक सत्र देखि सम्भब भए सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन को ब्यबस्था गरिने उनको भनाइ छ ।

मुलुकका धेरै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको ब्यबस्था गरिएको र त्यो सफल पनि भएकोले आफुले पनि यस विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन होस् भन्ने चाहना राखि त्यसको लागि वडा तहबाट पनि ब्यवस्थाको लागि तयारी गर्न लागिएको बताए । 

त्यस्तै शैक्षिक सामाग्री वितरण कार्यक्रममा काशिरुपा विद्यालयका प्राचार्य बिपि लामाले सम्भब भए सम्म यसै बर्ष देखि नभए अर्को शैक्षिक सत्र देखि विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस