काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्।
भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफैं बैठक बोलाउने गृहकार्यमा जुटेका छन्। भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ।
‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ ९उपेन्द्र यादव० कै हातमा छ,’ भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौं। तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’
भट्टराई पक्षीय अर्का एक नेताले भने, ‘अहिले हामीले केन्द्रीय तथा कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर रुजु गर्ने काम गरिरहेका छौं। बिहीबारसम्म हस्ताक्षर रुजु गर्छौं। शुक्रबारदेखि प्रक्रिया अघि बढ्छ।’ ती नेताका अनुसार केन्द्रीय समिति र कार्यकारिणी समितिमा भट्टराई तथा वरिष्ठ नेता अशोक राई पक्ष बहमुतमा छ।
ती नेताले भने, ‘अहिले अर्को पक्ष आत्तिएको छ। भट्टराई पक्षले ४० प्रतिशत संख्या जुटाउन खोज्यो भनेर उनीहरूले जबरजस्ती प्रचार गरिरहेका छन्। हामीसँग बहुमत छ। केको ४० प्रतिशतरु उनीहरूले हाम्रो पक्षलाई कमजोर देखाउन खोजेका हुन्। बरु ४० प्रतिशत संख्या जुटाउन उनीहरू ९यादव पक्षीय नेताहरू० लाई समस्या छ।’
बहुमत जुटाएर यादवलाई अध्यक्षबाट हटाउने भट्टराईको रणनीति हावादारी भएको यादव पक्षीय नेताहरू बताउँछन्। ‘किन कुरा मात्र गर्ने, बहमुत जुटाएर देखाउनुहोस् नरु’ राष्ट्रियसभा सदस्यसमेत रहेका कार्यकारिणी समिति सदस्य मिर्गेन्द्रसिंह यादवले भट्टराई पक्षलाई चुनौती दिँदै भने, ‘उहाँहरूलाई मेरो चुनौती छ। सक्नुहुन्छ भने उहाँ ९उपेन्द्र यादव० लाई हटाएर देखाउनुहोस्।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ असार २०७९, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव