भू-उपयोग नियमावली कार्यान्वयन गर्नु अनिवार्य : मन्त्री झाँक्री

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, २० : ०६
भू-उपयोग नियमावली कार्यान्वयन गर्नु अनिवार्य : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भू(उपयोग नियमावली कार्यान्वयन गर्नु अनिर्वाय रहेको बताएकी छिन ।शुक्रबार मन्त्रालयमा तयारीबिना भू-उपयोग नियमावली ल्याएर लागू गर्दा देखापरेका समस्याका बारेमा सरोकारवाला निकायहरुसँग भएको छलफलमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताइन।

सरकारको भूमि व्यवस्था मन्त्रालयले जग्गा वर्गीकरण नगरी जग्गा रोक्का गर्न नमिल्ने सर्कुलर गरेसँगै केही दिनदेखि चौतर्फी रुपमा बिरोध भइरहेकाले सरोकारवाला निकायसँग छलफल गरिएको मन्त्री झाँक्रीले बताइन। उनले शहरी, भूमि, शहरी, कृषि, पर्यटन र सिंचाई मन्त्रालयबीच भू–उपयोग नियमावली सम्बन्धका क्रस कटिङ रहेकाले पनि समस्या देखिएको स्वीकार गरिन ।

मन्त्री झाँक्रीले भू–उपयोग नियमावली कार्यान्वयनमा आएकाले नियमावलीमा भएका केही नीतिहरुलाई परिर्वतन गर्न सरकारी पक्ष र सरोकारवाला पक्ष पुनः बसेर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताइन । उनले सरोकारवाला पक्ष पनि नियमावली कार्यान्वय गर्ने पक्षमा रहेको दाबी गरिन । मन्त्री झाँक्रीले भू–उपभोग नियमावलीका नीतिहरुलाई पहिला कार्यान्वयन गर्ने अथवा सँगसँगै जाने तथा स्थानीय तहलाई सक्रिय गराउने काम सरकारले गर्ने बताइन ।काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भू(उपयोग नियमावली कार्यान्वयन गर्नु अनिर्वाय रहेको बताइन।

शुक्रबार मन्त्रालयमा तयारीबिना भू-उपयोग नियमावली ल्याएर लागू गर्दा देखापरेका समस्याका बारेमा सरोकारवाला निकायहरुसँग भएको छलफलमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताइन ।

सरकारको भूमि व्यवस्था मन्त्रालयले जग्गा वर्गीकरण नगरी जग्गा रोक्का गर्न नमिल्ने सर्कुलर गरेसँगै केही दिनदेखि चौतर्फी रुपमा बिरोध भइरहेकाले सरोकारवाला निकायसँग छलफल गरिएको मन्त्री झाँक्रीले बताइन । उनले शहरी, भूमि, शहरी, कृषि, पर्यटन र सिंचाई मन्त्रालयबीच भू–उपयोग नियमावली सम्बन्धका क्रस कटिङ रहेकाले पनि समस्या देखिएको स्वीकार गरिन ।

मन्त्री झाँक्रीले भू–उपयोग नियमावली कार्यान्वयनमा आएकाले नियमावलीमा भएका केही नीतिहरुलाई परिर्वतन गर्न सरकारी पक्ष र सरोकारवाला पक्ष पुनः बसेर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताइन । उनले सरोकारवाला पक्ष पनि नियमावली कार्यान्वय गर्ने पक्षमा रहेको दाबी गरिन । मन्त्री झाँक्रीले भू–उपभोग नियमावलीका नीतिहरुलाई पहिला कार्यान्वयन गर्ने अथवा सँगसँगै जाने तथा स्थानीय तहलाई सक्रिय गराउने काम सरकारले गर्ने बताइन ।

प्रतिक्रिया दिनुहोस