काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै बसेर बफादार नहुने नेता तथा कार्यकर्ता हुन नसक्ने बताएका छन् । जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताए ।
“यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना पनि गर्न सकिँदैन । यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन्,” उनले भने, “पाटीभित्रै बसेर पार्टी र नेतृत्त्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता तथा कार्यकर्ता केही पनि होइन । यतिबेला पार्टीलाई एक ढिक्का बनाएर हिँडाउनुपर्नेछ ।”
पार्टी अनुशासित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका ओलीले आफूले उद्देश्य परिपूर्तिका लागि काम गर्न चाहेको बताए । राजनीति देशको मुहार फेर्नका लागि गरिरहेको उनको भनाइ छ । न्यायको बिन्दुमा मानव समाजवालाई पुर्याउन चाहेको ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १५ : १५
लेखकबाट थप