संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १४ : ५८
संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं‌ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको भ्रमणबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई असार ५ गते डाकेको छ । 

समिति सभापति पवित्रादेवी निरौलाले अमेरिकाको सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी ) र अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री वासिङटन डीसी जाने विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाएको बताइन् । 

उनले प्रधानमन्त्रीको भ्रमणको तालिका र भ्रमणमा गरिने एजेन्डाहरूबारे जानकारी गराउन परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग मागसमेत गरेकी थिइन् । जवाफमा मन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रारम्भिक चरणमा रहेको र मिति र एजेन्डाबारे छलफल हुन बाँकी रहेको स्पष्ट पारेका थिए =

प्रतिक्रिया दिनुहोस