काठमाडौं । कपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेश अन्तर्गतको त्रिवेणी, सुस्ता र बर्दघाटको दाउन्ने क्षेत्रमा धेरै सडक दुर्घटना हुने गरेको र तत्काल स्वास्थ्योपचारका लागि समस्या हुने गरेको भन्दै सो क्षेत्रलाई केन्द्रित गरेर एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी हुन्।
ट्रमा सेन्टरको स्थापना गर्न सके सो क्षेत्रका मात्र नभई सम्पूर्ण लुम्बिनी प्रदेश नै लाभान्वित हुने उनले बताइन्।सांसद गैरेले बुटवल-नारायणगढ सडकखण्डमा डाइभर्सनका काम भएकाले आवतजावतमा कठिनाइ भएको पनि बताइन्। सो क्षेत्रमा हुने आवतजावतलाई सहज गराउन पनि उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १३ : ३७
लेखकबाट थप