एसपिपीको ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १२ : ५२
एसपिपीको ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै मन्त्री खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को च्याप्टर क्लोज भइसकेको बताएका हुन्। उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्नु उचित नहुने बताए। एसपिपीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई एसपिपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै कुनै पनि हालतमा एसपिपी अघि बढ्न नसक्ने बताए। 

उनले भने, ‘नेपाली सेनाको प्रेस विज्ञप्ति आइसकेको छ। स्वयं अमेरिकी दूतावासबाट पनि कुराहरू आइरहेका छन्। प्रधानमन्त्रीजीले यो अघि बढ्दैन भनिसक्नु भएको छ। यो त एउटा टुंगेको विषय हो नि। यसमा हामीले बारम्बार खोतल्न हुँदैन। हामी आफैँ स्वाभिमान र आत्मविश्वासका साथ अघि बढौं।’

सरकार मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सम्बन्धमा गम्भीर रहेको पनि स्पष्ट पारे। 

प्रतिक्रिया दिनुहोस