नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन खोजियो : वामदेव

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १२ : ४७
नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन खोजियो : वामदेव

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले स्टेट पार्टनरसिप प्रोग्राम ​(एसपिपी) नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन ल्याइएको दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘एसपिपी सम्झौता वास्तमा नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन ल्याइएको छ। अहिले पक्ष विपक्षमा विचार आउन थालेपछि नेपालाई त्यसमा सहभागी गराउन हुँदैन भनेर कांग्रेस र एमालेका नेताहरूले बुझ्नुभएको छ। अहिले संसदले पनि बुझेका छ।’

प्रतिनिधिसभामा कुरा उठेपछि एसपिपी सम्झौता गर्न प्रधानमन्त्री अमेरिका जान लागेको भएपछि विरोधपछि रोकिएको बताए। 

‘परराष्ट्रमन्त्रीले एसपिपीबारे संसदमा जवाफ दिनुभएको थियो। हामी एसपिपीमा जान खोजेका हौँ। तर सैन्य गठबन्धनमा होइन भन्नुभयो। सरकार एसपिपीमा जान खाजेकै रहेछ’ उनले भने, ‘अहिले एसपिपीमा सम्झौता नगर्ने निर्णय सरकारले संसदमा जवाफ दिइसकेको छ। स्पष्ट भएका छौँ।’ 

त्यसो त संसदले अनुमोदन गरेको अमेरिकी सहयोग परियोजना (एमसिसी) आइपिएसकै अंग भएको दाबी गरे। 

‘एमसिसी सम्झौता पहिला शेरबहादुरजीको पालामा भयो। दोस्रोपटक केपी ओलीजीको पालामा भयो। त्यो अनुमोदन भइसकेको छ। नेपाल पक्षलाई प्रतिबद्ध गराउन १२ बुँदे व्याख्यात्मक घोषणा गरेको छ। त्यसले हामीलाई नैतिक रुपले प्रतिबद्ध गराउने अमेरिकालाई गराउँदैन’ उनले भने, ‘हामी त्यसमा गइसकेका छौँ अब त्यसले कति के गर्न हेर्न बाँकी छ।’ 

प्रतिक्रिया दिनुहोस