कुन सरकारको पालामा एसपीपीमा पत्राचार भएको हो छाबिन गर्नुपर्छ : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १० : ५२
कुन सरकारको पालामा एसपीपीमा पत्राचार भएको हो छाबिन गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाममा सहभागी हुनेबारे कुन सरकारको पालामा पत्राचार भएको भन्नेबारे छानबिन गरि यथार्थ सार्वजनिक गर्न माग गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिमा बोल्दै उनले २०७२ साल कात्तिकमा नेपाली सेनाले पत्र पठाएको कुरा देखिएकाले तत्कालीन समयका प्रधानमन्त्रीसँग यस बारेमा यथार्थ जानकारी लिनुपर्ने माग गरे। उक्त समयमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीको नाम नलिई यसमा छानबिनमा तान्नुपर्ने माग गरे। त्यस्तै उनले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी रहेको बताए।  

‘२०७२ कार्तिक १० गते नेपालवाट पत्र गएको रहेछ। कुन प्रधानमन्त्री र रक्षामन्त्रीको पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ ’, उनले भने, ‘एसपीपीबारे ब्यापक छलफल गर्नुपर्छ। को जोडिने को नजोडिने यथार्थ हुनुपर्छ।'नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी भएको उनले बताए।

‘हामीले खुट्टा कमाउने होइन। नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा रोक लगाउनुपर्छ ’ उनले भने ‘ नेपाल कुनै पनि सैन्य गठबन्धनमा जोडिन सक्दैन भन्नका लागि अलमलिनु जरुरी छैन।’ 

उनले यो अहिलेको सरकारले नगरेको र नगर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको  बताए। ‘हामीले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस बारेका कुरा गर्दा प्रधानमन्त्रीले एसपीपीमा सही गर्ने प्रश्नै उठ्दैन भन्नुभएको छ ’, उनले भने, ‘कसैले भने पनि हामी मान्दैनौं भन्ने उहाँको अडान सुनेर खुसी भएको छु।’उनले उत्तरी चीनको सीमा क्षेत्रमा र उच्च हिमाली भागमा तालिम गर्ने कुरा नेपाललाई मान्य नहुने उनले बताए।

प्रधानमन्त्री देउवासँग सत्ता गठवन्धनका नेताहरुले गरेको छलफलमा पनि सरकारले अहिलेसम्म कुनै सहमति नगरेको र आगामी दिन नगर्ने भनेको तर विगतमै अर्कै सरकारले गरेकाले अब त्यसलाई अस्वीकार गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस