विवाह पार्टीमा खुकुरी प्रहार गर्ने तिन युवा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ०९ : ०५
विवाह पार्टीमा खुकुरी प्रहार गर्ने तिन युवा पक्राउ

काठमाडौँ । विवाह पार्टीमा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ।  सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालीका(८ का धनबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डन देउपुरका ३० वषीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बुका २२ कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बुक २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन्।

यही असार १ गते नारायणटारस्थित छिमेकी पार्टी प्यालेस नजिक विवाह पार्टीमा मादक पदार्थ सेवन गरी उनीबीच एकअर्कासँग झगडा भएको र खुकुरी प्रहार गर्दा श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो।

प्रहरीले उनीहरूको साथबाट एक थान हतियार खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस