काठमाडौं । कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।
डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम शुरू भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्का
कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन