काठमाडौं । नेपाली सेनाले सन् २०१५ मा अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन पत्राचार गरेको स्वीकार गरेको छ । तर, इन्डो प्यासिफिक रणनीति (आईपीएस) भन्ने कुरा नै नभएको जनाएको छ ।
‘सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो । त्यसबेला अमेरिकासँग पनि मागेको हो । त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो । उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो । त्यो बेलामा आईपीएस पनि थिएन ।’ सैनिक प्रवक्ता नारायण सिलवालले भने ।
कुनै गठबन्धनमा नगई, लिखित सम्झौता नगरी विना शर्त कुनै सम्झौतामा नबसी देशको असंलग्न परराष्ट्र नीति, भूराजनीतिक संवेदनशीलतालाई असर नपर्ने गरी सहयोग मागेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह