सरकारले भन्यो - एसपीपीमा सामेल हुने सोचसमेत राखेको छैन

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १४ : ३०
सरकारले भन्यो - एसपीपीमा सामेल हुने सोचसमेत राखेको छैन

काठमाडौं । सरकारले अमेरिसकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । 

प्रधानमन्त्री एवम् रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका शेरबहादुर देउवाको तर्फबाट बिहीबारकाे प्रतिनिधि सभा बैठकमा जवाफ दिन आएका गहृमन्त्री बालकृष्ण खाँणले भने- ‘नेपाल एसपीपीमा आबद्ध हुने कुनै पनि निर्णय सरकारले गरेको छैन र सामेल हुने सोचसमेत राखेको छैन । यसमा सो स्पष्ट म आफ्नो प्रतिबद्धता राख्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस