विश्व बैंकद्वारा अफगानिस्तानका किसानलाई १५ करोड डलरको सहयोग

एजेन्सी

विहीबार, ०२ असार २०७९, ०८ : ५६
विश्व बैंकद्वारा अफगानिस्तानका किसानलाई १५ करोड डलरको सहयोग

एजेन्सी । खाद्य संकटमा परेको अफगानिस्तानलाई विश्व बैंकले सहयोगको हात बढाएको छ। बैंकले अफगानिस्तानका किसानलाई १५ करोड डलर सहयोग गरेको हो।

अफगानिस्तानको खाद्य सुरक्षाको सम्बन्धमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ०का अनुसार किसानहरूलाई उनीहरूको कृषि उत्पादन बढाउन र बढ्दो असुरक्षालाई कम गर्न यो सहयोग उपलब्ध गराइएको हो।

एफएओले देशमा व्यापक मानवीय संकट रहेको जनाएको छ। यही संकटका कारण अफगानिस्तानमा धेरै तहमा चरम खाद्य असुरक्षा रहेको भन्दै विश्व बैंकले यो रकम जारी गरेको हो। खामा प्रेसका अनुसार यो रकम किस्तामा प्राप्त हुनेछ।

अगस्ट २०२१ मा तालिवान सत्तामा फर्किएपछि अफगानिस्तान आर्थिक संकटमा छ। त्यहाँ मानवअधिकारको अवस्था पनि दयनीय छ। यस्तो अवस्थामा अफगानिस्तान पुनर्निर्माण कोष र विश्व बैंक व्यवस्थापन समितिले खाँचोमा परेकाहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा उपलब्ध गराउन ७९ करोड ३० लाख डलरको परियोजना स्वीकृत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस