काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० मा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्ष प्रदेशमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने जानकारी दिएका हुन् ।
उनले आगामी वर्षको बजेट घोषणा गर्दै भने, ‘प्रदेश भित्र सम्भाव्यताको आधारमा रासायनिक मल र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडी बढाइने छ ।’ खासगरी, पछिल्लो समय देशमा किसानले रासायनिक मल नपाएका कारण संघीय तथा प्रदेश सरकारहरू तनावमा छन् ।
त्यसैले यो समस्यालाई सँधैका लागि समाधान गर्न मल कारखाना स्थापनाको योजना प्रदेश सरकारले ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ