काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० मा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्ष प्रदेशमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने जानकारी दिएका हुन् ।
उनले आगामी वर्षको बजेट घोषणा गर्दै भने, ‘प्रदेश भित्र सम्भाव्यताको आधारमा रासायनिक मल र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडी बढाइने छ ।’ खासगरी, पछिल्लो समय देशमा किसानले रासायनिक मल नपाएका कारण संघीय तथा प्रदेश सरकारहरू तनावमा छन् ।
त्यसैले यो समस्यालाई सँधैका लागि समाधान गर्न मल कारखाना स्थापनाको योजना प्रदेश सरकारले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा