काठमाडाैँ । नेपाली कांग्रेस प्रदेश–१ ले प्रदेश सभा संसदीय दलका नेता राजीव कोइरालालाई प्रदेशको नामाकरणका लागि छलफल गर्ने जिम्मेवारी तोकेको छ।
प्रदेश सभामा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेता कोइरालालाई प्रदेशको नाम राख्न अन्तरदलीय छलफलका लागि जिम्मेवारी तोकेको हो।बैठकपछि कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले यही अधिवेशनबाट प्रदेशको नामाकरण सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको जानकारी दिए।
प्रमुख सचेतक राईले प्रदेशमा राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कोइरालाले अन्य दलसँग नामको विषयमा छलफल गराउने र पार्टीभित्र नामका विषयमा समान धारणा बनाउनका लागि एकरुपता दिने निर्णय भएको बताए। अन्य प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश–१ ले अब नामाकरणमा विलम्ब गर्न नहुने प्रमुख सचेतक राईको भनाइ छ।यसअघि प्रदेश सरकारले स्वास्थ्य मन्त्री एवं जसपाका नेता जयराम यादवको संयोजकत्वमा नामाकरण गर्ने विषयमा छलफल गर्न समिति बनाएको छ।
प्रदेशको नामाकरणका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १६ : २२
लेखकबाट थप