टोकियो । जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिए ।
निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अवदेखि नै तयारी थाल्ने भएका छन् । जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलरस’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ ।
जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन । उनीहरुको कार्यकाल छ बर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई बर्ष बढी हो ।
त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० बर्षको हुनुपर्नेछ, जवकी तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ बर्षको भए पुग्ने व्यवस्था छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ असार २०७९, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको मानवरहित चन्द्रमा ल्यान्डरः बिउँझियो तेस्रो पटक
जापानमा शक्तिशाली भूकम्प
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानले १७ वर्षमा पहिलो पटक बढायो ब्याजदर
नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा