काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन्। सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अगाडि बढाउने तयारी गरेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालको पराराष्ट्र नीतिमा गम्भीर खालको विचलन देखा परेको आरोप लगाएका हुन्।
उनले भने, ‘एसपिपी हामीले अनिर्णित राखेका थियौँ। सुरक्षा नीतिमा कस्तो असर गर्छ भन्ने अध्ययन गर्न होल्डमा राखेको विषय अहिले सरकार परिवर्तन हुनासाथ अगाडि बढाउन मिल्छ?’
सदनमा गम्भीर ढंगले उठेको विषयमा दलहरूको सरोकारलाई सम्बोधन नगरी सरकार एकलौटी चल्न खोजेको आरोप लगाए।
‘नेपालको परराष्ट्र नीतिमा गम्भीर खालको विचलन देखा परेको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै रूपमा स्वीकार्य हुन सक्दैन। हाम्रा सबै देशसँग मित्र छ। उहाँको ग्लोबल एजेण्डाको साझेदारी बन्न सक्दैन भने सरकार नैतिक रूपमा बस्न मिल्दैन’ उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १२ : २७
लेखकबाट थप