सीउल । दक्षिण कोरियामा लरी चालकहरूको हडतालका कारण व्यवसाय प्रभावित भएको छ । चालकहरूको हड्तालका कारण कार निर्माता कम्पनी हुन्डाई र स्टिल उत्पादक पोस्कोलगायत प्रभावित भएका छन् ।
इन्धनको मूल्य बढ्दै गएपछि लोरी चालकहरूले थप पारिश्रमिक र सरकारी अनुदानको समयावधि बढाउन माग गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा यो महिनाको पहिलो १० दिनमा देशको निर्यात झण्डै १३ प्रतिशतले घटेको छ ।
युक्रेन युद्धका कारण विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधलाई जारी हड्तालले थप प्रभावित पार्ने र विश्वभर मूल्य बृद्धि हुने चिन्ता बढेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० जेठ २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी