विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित बसोबास रहेको क्षेत्रमा आज बिहान चितुवा पसेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी- ६ को जुट विकास क्षेत्रमा बिहानै चितुवा देखिएको थियो । बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् । चितुवा देखिएसँगै पक्रन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ।
इटहरीका प्रमुख मेयर हेमकर्ण पौडेलले चितुवा नियन्त्रण गर्न प्रयास भइरहेको बताएका छन् । मेयर पौडेलले वन कार्यालय, कोसी टप्पु वन्यजन्तु आरक्षसमेतका निकायलाई बस्तीमा चितुवा भेटिएको जानकारी गराएको जनाए । प्रहरीले स्थानीयलाई घरभित्र ढोका लगाएर बस्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु