काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने प्रश्न गरे । उनले भने,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होइन?आज यो खतरा पैदा भएको छ ।’
आफूहरू राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको स्मरण गराउँदै पुनले अहिले पनि सहमति पालनामा सरकार उदासीन देखिएको गुनासो पोखे । उनले भने,‘राज्यले अझै पनि हाम्रा जेलमा रहेका साथीहरूलाई रिहाइ गरेको छैन, कतै अझै पनि राज्यले युद्ध त चाहेको छैन, यदि यस्तै चाहेको हो भने हामी त्यो बाटो अपनाउन पनि तयार छौँ ।’
संगठनको केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तीव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज मात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरू सो समितिमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा