सोल । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२ हजार १६१ जनामा यो सङ्क्रमण देखिएको छ ।
यसअघि अघिल्लो दिन यहाँ १३ हजार ९०० भन्दा केही बढी देखिएका सङ्क्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन् ।तर यहाँ अघिल्लो हप्तामा भने ९ हजारको हाराहारीमा सङ्क्रमित रहेकामा यो हप्ता केही बढेको देखिएको हो । यहाँ बुधबारसम्ममा १ करोड ८२ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो ।
पहिले यहाँ दिनमै ४ लाख जतिमा संक्रमण हुने गरेकामा पछिल्ला केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । यहाँका अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसका कारण हुने मृत्यु दर भने नगण्य मात्र रहेको छ र निकै थोरै मानिस मात्र अस्पतालमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ जेठ २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी