एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले संसद् सदस्यबाट राजीनामा दिएका छन् । देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेले पत्रकारहरूलाई भने ।
आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ जेठ २०७९, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण