डिशहोममा १ वर्षको रिचार्ज गर्दा ईलामकी राईले जितिन् नगद एक लाख

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, १३ : ४७
डिशहोममा १ वर्षको रिचार्ज गर्दा ईलामकी राईले जितिन् नगद एक लाख

काठमाडौं । अव १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । 

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन । यसै क्रममा फाकफोकथुम २, ईलामकी मन्दिरा राईले नगद रु एक लाख जितेकी छन । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी हुन । 

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरे । विजेता राईलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ  ।

प्रतिक्रिया दिनुहोस