प्रदेश २ मा नेकपा असन्तुष्ट हुदै सरकारबाट बाहिरियो

आइतबार, १३ जेठ २०७५, १५ : ३८
प्रदेश २ मा नेकपा असन्तुष्ट हुदै सरकारबाट बाहिरियो

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नंं. २ को सरकारलाई दिदै आएको समर्थन आईतबार देखि फिर्ता लिएको छ । सरकारको गति एकदमै सुस्त भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएको जनाईएको छ । 

एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । त्यस्तै आइतबार नेकपाले संसदलाई अवरुद्ध पारेको छ । नेकपाका सांसदहरुले अवरोध कायमै राखेपछि प्रदेशसभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ ।
आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे । लगत्तै तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाए ।


जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र उनले बताए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनको आरोप छ ।तत्कालीन माओवादी संसदीय दलका नेतासमेत नेकपाका सांसद रामचन्द्र मण्डलले पनि सरकारको कामकारबाही सन्तोषजनक नभएको बताए ।दुबैले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध गरे । तर, सभामुखले यसबारे प्रश्न उठाउन नपाउने भन्दै रुलिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस