काठमाडौं । एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् ।
बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डबारे सरकारको विरोध गरेका हुन् । एमाले सांसद घनश्याम खतिवडाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति आपत्ति जनाउँदै बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (पुर्णपाठ)
आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची
आज संसद दिवस मनाइँदै
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
संसदबाट बाहिरियो राप्रपा र रास्वपा
राप्रपाद्वारा आज पनि संसद बहिष्कार