काठमाडौंं । सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयबाट नेकपा एकीकृत समाजवादी पछि हटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण तत्काललाई सरकारमा रहेका मन्त्री नहट्ने भएका छन् । नेकपा (एस) ले चार मन्त्रीलाई फिर्ता बोलाएर चार जनालाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।
आइतबार बसेको नेकपा (एस) को बैठकले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै उक्त ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । पार्टीको निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।
नयाँ मन्त्रीहरूको सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री किसन श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष नेपालाई भेटेर सरकारबाट नहटाउन दबाब दिएका थिए । जवाफमा नेपालले सहमतिअनुसार नै मन्त्रीबाट फिर्ता बोलाउने निर्णय लिएको र चार जनालाई मन्त्री बनाउन लागिएको जानकारी दिएका थिए ।
आइतबार रातीसम्म मन्त्री पद थमाउनका लागि चार मन्त्रीको दौडधुप चलेको थियो । सोमबार बिहान नै मन्त्रीका लागि सिफारिस भएकाहरू शपथको लागि तयारी अवस्थामा रहेका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट कुनै पनि जानकारी नआएपछि चारै जनाले अध्यक्ष नेपाललाई भेटेर दबाब दिएका थिए । यता सरकारमा सहभागी चार मन्त्रीले भने प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीबाट नहटाउन आग्रह गरेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ जेठ २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय