नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १९ : १९
नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

काठमाडौँ । सरकाले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । 

सोमबारको मन्त्री परिषद्को बैठकले डीआईजीहरू उत्तम कुमार सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस