‘पदका लागि पालैपालो ६ महिने मन्त्री बन्नु लोकन्त्रको लागि घातक’ : भिम रावल

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १० : १४
‘पदका लागि पालैपालो ६ महिने मन्त्री बन्नु लोकन्त्रको लागि घातक’ : भिम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गरेका छन्।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता रावलले सो प्रतिक्रिया व्यक्त गरेका हुन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने विषयलाई लक्षित गर्दै उनले पदको लागि विपरित सिद्धान्तका दलसँग गठबन्धन गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरेका हुन्।

उनले यस्तो भनेका छन्, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’

प्रतिक्रिया दिनुहोस